समाचार

घरायसी विवादमा आफ्नै बाबुको हत्या

काभ्रेपलाञ्चोक । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पाँचखाल नगरपालिका(७ जोरपिप्ले बस्‍ने ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गर्दा बलरामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचखालबाट खटिएको प्रहरीले राजुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *