समाचार

रामकुमारी झाँक्रीको आक्रोश, एउटा खलपात्रको विरुद्ध बोल्दा कसले भन्छ बोल्न पाइँदैन भनेर ?

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति सार्वजनिक संस्थामाथि टिप्पणी गर्न पाइने बताएकी छन् । बुधबार भृकुटीमण्डपमा आयोजित जनसभामा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति संस्थाको मर्यादा कायम गर्न नसकेको बताइन् ।

उनले १८ वर्षसम्म अनेमसंघलाई लाचार छायाँ बनाएको आरोप लगाउँदै त्यो संस्थाले भागरथी भट्टको बलात्कारी र हत्यारालाई कारबाही गर्न माग गर्न नसकेको आरोप लगाइन् ।

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध जनता सडकमा आएको घोषणा गर्दै अबको लडाइँ जितिसकेको बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *