काठमाडौैं । नेकपा प्रचण्ड–माधव समूहको भृकुटीमण्डप सडकखण्डमा जनसभा सुरु भएको छ । जनसभामा बोल्ने वक्ताहरूले खासगरी प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को आलोचना गरेका छन् ।
वक्ताले मात्र होइन, संगीतकर्मीले पनि ओलीको कदमको विरोध गरेका छन् । त्यसमध्ये जनसांस्कृतिक महासंघले तयार पारेको गीतमा ओलीलाई निकै आलोचना गरिएको छ ।
‘जनताले यो कुरा बुझौं न, प्रतिगमनविरुद्ध जुटौं न…’ बोलको गीतमा एउटा लाइन यस्तो थियो, ‘फालौं उखान टुक्के ओलीलाई…।’ गीतमा ‘तानाशाही शासन चाहिँदैन, न्याय मार्न कसैले पाइँदैन…’ भन्दै ओली कदमको विरोध गरेका थिए ।




