समाचार

तरूण दलले गोरखाका अध्यक्ष यमबहादुर थापामाथी कारवाहि गर्यो

काठमाडौं । नेपाल तरूण दल केन्द्रीय कार्यसमितिले तरूण दल जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष यमबहादुर थापा अरूणलाई कारवाही गरेको छ।

केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मंगलबार सूचना निकालेर थापालाई कारवाही गरेका हुन्। तरूण दलको आदर्श, सिद्धान्त र भावना बमोजिम संगठन निर्माणमा क्रियाशिल नभएको, केन्द्रबाट गरिएका नीति निर्देशनको पूर्ण पालना नगरेको र दलको केन्द्रीय समितिको निर्णयअनुसार जिल्लामा सांगठानिक गतिविधिको नियमित रूपले जानकारी नगराएकोले कारवाही गर्नु परेको अध्यक्ष बस्नेतले निकालेको सूचनामा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *