काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयले हालै राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो।
यसअघि महानिर्देशक रहेका विनोद कुँवरको सरुवा भएसँगै यो पद रिक्त थियो । मैनाली यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए ।




