समाचार

महाकालीमा फसेका १६ नेपालीको सकुशल उद्धार

कञ्चनपुर । नेपाल प्रहरीले महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार गरेकाे छ ।

भिमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको हो ।

उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपिसिद्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *