समाचार

पूर्वन्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त

काठमाडौं । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले स्व.न्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पाण्डेको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । पाल्पाको तानसेन, धरमपानीमा १९९० साल फागुन ९ गते जन्मिएका पाण्डेले २०५१ साल माघ १० गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएको र २०५२ साल चैत ७ गते स्थायी पदमा नियुक्त भएका थिए । उनी २०५५ साल फागुन ८ गते उमेरहदका कारण अवकाश भई सेवा निवृत्त भएका थिए ।

अन्तर्राष्ट्रिय देवानी र फौजदारी कानुनका क्षेत्रमा विशेष दखल राख्ने एक निर्भिक, अत्यन्त मिलनसार, मृदुभाषी र न्यायको ज्ञाता थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *