समाचार

भागरथीको हत्या आरोपी तत्काल पक्राउ गर्न नेविसंघको गृहमन्त्रीलाई ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले बैतडीकी भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएको छ ।

मंगलबार बिहान नेविसंघका अध्यक्ष राजीव ढुंगानाको नेतृत्वको टोलीले गृहमन्त्री बादललाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको हो । नेविसंघको ज्ञापनपत्र बुझ्नै गृहमन्त्री बादलले बैतडीकी किशोरी भागरथी भट्टको हत्यारा चाँडै पत्ता लाग्ने बताए । मन्त्री थापाले यो घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका हुन् ।

ज्ञापनपत्रमा नेविसंघले भागरथीको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन ध्यानाकर्षण गराइएको अध्यक्ष राजीव ढुंगानाले बताए ।
‘विगतमा निर्मला पन्तलगायतका घटनाका दोषीलाई पहिचान गरी कारवाही गर्न ढिलाइ भएकोबारे हामीले गृहमन्त्रीको ध्यानाकर्षण गरायौं,’ अध्यक्ष ढुंगानाले भने, ‘यस घटनामा दोषी पहिचानमा ढिलाइ गर्न हुँदैन, घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्छौ ।’

बैतडीको दोगडाकेदार गाउँपालिका(७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत बुधबार बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कारपछि हत्यामा संलग्नको पहिचान भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *