मुख्य समाचार

प्रधानमन्त्रीले निर्वाचन तयारीबारे आयोगका पदाधिकारीसँग छलफल गरे : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीबारे आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । मंगलबार बिहान आयोग पुगेका ओलीले आधिकारिक नेकपा आफूहरू भएको दाबी गर्ने बताइएको थियो ।

तर, प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको आधिकारिकता र चुनाव चिन्हबारे कुनै छलफल नै नभएको प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री ओली पार्टीभन्दा पनि सरकारका तर्फबाट निर्वाचन आयोग पुगेको र प्रमुख आयुक्त दिनेश थपलियालगायतसँग निर्वाचनको तयारीबारे जानकारी लिएको दाबी गरे ।

‘प्रधानमन्त्री ओली पार्टीको तर्फबाट होइन, सरकारका तर्फबाट निर्वाचन आयोग पुग्नुभएको हो । आयोगमा नेकपाको आधिकारिकताबारे केही छलफल, रिपोर्टिङ भएन । प्रमुख आयुक्तले पनि हामीलाई पार्टी विवादबारे केही मतलव छैन, निर्वाचनको तयारीमा लागेका छौं भन्नुभयो,’ थापाले भने ।

नेकपा आफ्नो भएको र अरु चोइटिएर गएको दाबी गर्दै आएका थिए । तर, मंगलबार बिहान उनी आफूहरू नै आधिकारिक नेकपा भएको र चुनाव चिन्ह दाबी गर्न आयोग पुगेका छन् ।
प्रधानमन्त्रीसँगै सुवास नेम्वाङ, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ईश्वर पोखरेल पार्टी कार्यालय सचिव ईश्वरी रिजाल पनि आयोग पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *