काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा आफ्नो भएको र अरु चोइटिएर गएको दाबी गर्दै आएका थिए । तर, मंगलबार बिहान उनी आफूहरू नै आधिकारिक नेकपा भएको र चुनाव चिन्ह दाबी गर्न आयोग पुगेका छन् ।
प्रधानमन्त्रीसँगै सुवास नेम्वाङ, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ईश्वर पोखरेल पार्टी कार्यालय सचिव ईश्वरी रिजाल पनि आयोग पुगेका छन् ।
यही माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरिसके पनि प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् ।
नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ । नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहदा निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने सबैको चासो रहेको छ ।




