काठमाडौं । पाँच वर्षअघिको विनाशकारी भूकम्पले ढालेको धरहरा निर्माण सकिन लागेको छ । धरहराको निर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरिरहेको छ ।
तीन वर्षअघि सुरु भएको २२ तलाका धरहराको २१ तलाको ढलान सकिएको पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

अब एक तलाको ढलान बाँकी रहेको उनको भनाइ छ । धरहराको शीर्षमा गजुर रहने उनले जानकारी दिए । ढलानको काम सकिएपछि सजावट र रंगरोगनको काम बाँकी रहेन जुन अर्को वर्ष उदघाटन गरिने प्राधिकरणले जनाएको छ । धरहरा निर्माणका लागि करिब चार अर्ब बजेट छुट्याइएको छ ।




