सुदुरपश्चिम प्रदेश

भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

महेन्द्रनगर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारबाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै सोमबार बिहान यहाँ विद्यार्थीले प्रदर्शन गरेका छन् ।

घटनाका दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै यहाँको बालजागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विद्यालयबाट घर फर्किरहेकी किशोरी भट्टको हत्यापछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *