समाचार

लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

काठमाडौं ।अब लाइसेन्सको लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन्।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने जानकारी दिएको हो।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पु‍र्याएको छ।

‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, निर्देशक भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *