बागमती प्रदेश

तीन फरार प्रतिवादी पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध चरेस मुद्दामा फरार एक र कुटपिट मुद्दामा फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका प्रतिवादीलाई आज सार्वजनिक गर्दै जिल्ला अदालत पठाएको हो ।


जिल्ला अदालतले २०७५ साल असार ४ गते दोषी ठहर गर्दै पाँच दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटौँडा उपमहानगरपालिका–५ का २८ वर्षीय सुरज लामालाई पक्राउ गरिएको हो । उनलाई लुकीछिपी बसेको अवस्थामा हेटौँडा–५ बाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका लामालाई कैद भुक्तानका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी कुटपिट मुद्दामा जिल्ला अदालतले २०७३ साल वैशाख ३० गते दोषी ठहर गर्दै प्रतिव्यक्ति रु ५० हजार जरिवाना भुक्तानी गर्न बाँकी रहेको मनहरि नपा– १ का ३५ वर्षीय रामप्रसाद लटौंला र ३२ वर्षीया अञ्जु लटौंलालाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *