समाचार

प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउन नपाएपछि सिंहदरबार घेराउ

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आइतबार प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउन नपाएपछि सिंहदरबार घेराउ गरेको छ ।

अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरोध गर्दै लेखिएको पत्र दिन चाहे पनि समय नदिएपछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विरोधपत्र दर्ता गर्न जाँदा पनि दर्ता नभएपछि अनेरास्ववियूले हनुमानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन समेत गरेका थिए ।

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले देश गम्भीर संकटमा रहेको बेला युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भएपनि समय नदिएकोमा आपत्ति जनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *