समाचार

प्रतिनिधिसभा विघटन मुद्दा: माघ ३० गतेसम्म सक्न प्रधानन्यायाधीशको आग्रह

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटन मुद्दाको बहस माघ ३० गतेभित्र सक्न आग्रह गरेका छन् ।

आइतबारको इजलासमा सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरुको बहस शुरु भएको छ ।

प्रधानमन्त्री ओलीका वकिल रमेश बडालले बहस शुरु गरेपछि उनलाई दिईएको २० मिनेटको समयमा पनि बहस नसकेपछि राणाले थप १० मिनेट थप्दै भने – ‘यो मुद्दामा धेरै समय खाइसक्यो । ३० गतेसम्म सबै बहस सक्नुपर्छ ।’

संसद विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा आइतबार सरकारी वकिलको बहस सकिएको छ ।

अब प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चले गठन गरेको एमिकस क्युरीका वकिलहरूको बहस र रिट निवेदकका वकिलहरूको जवाफी बहस बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *