समाचार

संवैधानिक इजलासमा समयसीमा :सरकारी वकिललाई १५ मिनेटको समय

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस जारी छ ।अघिल्लो हप्ता आइतबार रिटका पक्षधरको बहस सकिएपछि विपक्षमा बहस गर्ने सरकारी वकिलहरुले १९ माघदेखि बहस शुरु गरेका थिए ।

महान्यायाधिवक्ताले लामो समय लिएर बहस गरेपछि लम्बिने भन्दै आजदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारी पक्षलाई बहसका लागि १५ मिनेटको समय मात्र दिएका छन् । बहसको सुरुवातमै प्रधानन्यायाधीशले यस सम्बन्धमा स्मरण गराएपछि त्यही अनुरुप हुने गरी आजको बहस अघि बढेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद् विघटन गैरसंवैधानिक भएको दाबीसहित सर्वोच्चमा १३ वटा रिट दायर भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *