पाल्पा । पाल्पामा व्यावसायिक रुपमा कालिजपालन गरिंदै आएको फर्ममा चितुवाले आक्रमण गर्दा एक सय बढी कालिज मारेको छ ।
तानसेन नगारपालिका वडा नं. ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।
रातीको समयमा पसेको चितुवालाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताए ।
चितुवालाई नियन्त्रणमा लिने साधन र दक्ष जनशक्ती नहुँदा झन्डै ५ घण्टाको प्रयासपछि चितुवालाई निकालेर जंगलमै छाडिएको छ ।
बिहान कालिजलाई दाना दिने क्रममा चितुवा देखेपछि स्थानीयले वन कार्यालयमा सम्पर्क गरेको थिए ।कालिजले फर्ममा रहेका सयबढी कालिज नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा यसअघि पनि दुम्सीलाई पारेको पासोमा अल्झिएको चितुवालाई नियन्त्रण् गर्ने साधन नहुँदा पासोसँगै चितवन राष्टिय निकुञ्जमा लगेर छाडिएको थियो ।
घाईते चितुवालाई समयमा उपचार गर्न दक्ष जनशक्ति नभएको हुँदा उक्त चितुवा केही महिनामै मरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।




