समाचार

हुम्लामा हिमपातले खाद्यान्न आपूर्तिमा रोक

हुम्ला । बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । यसबाट यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।

दक्षिण र उत्तरी भेगमा आवतजावत पनि रोकिएको छ । नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जिल्लामा हिमपात भई हवाई उडान नहुँदा बाहिरबाट खाद्यान्न ल्याउन नसकिएको बताए ।

यसैबीच प्रजिअ गिरीले मृतकका परिवार र सुत्केरीलाई क्रमशः डेढ क्विन्टल र २० केजी चामल आज प्रदान गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *