समाचार

प्रचण्डको निन्दा र गालीगलौजमै सके ईश्वर पोखरेलले भाषण

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डहरूको व्यक्ति हत्या र आक्रमणप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । उनले प्रचण्डहरुकै कारण देशमा अस्थिर अवस्था आएकाले प्रधानमन्त्री केपी ओली जनतामा गएको बताए ।

नेकपा ओली पक्षको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभामा पोखरेलले अधिकांश समय प्रचण्डकै निन्दा र गालीगलौजमै आफ्नो भाषण सिध्याएका थिए । उनले ओलीको नेतृत्वमा देश सही ढंगले अघि बढ्ने बताए ।

प्रचण्ड माधव नेपाल समूहले गरेको आमहडतालमा भएका तोडफोड र आगजनीबाट क्षति पुगेका पीडितलाई सरकारले सहयोग गर्ने घोषणा गरे ।

पोखरेलले ओली नेकपा नै आधिकारिक भएको दाबी गरे । सूर्य चिन्ह र नेकपा लिएर निर्वाचनमा जाने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *