काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गणतन्त्रको रक्षा र निर्वाचनको सुनिश्चितताका लागि नारायणहिटीको प्रांगणमा आमसभा गर्नुपरेको बताएका छन् ।
नेकपा ओली पक्षले शुक्रबार आयोजित जनसभामा बादलले मांसहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा राख्ने चेतावनी दिएका छन् ।
नेकपा (प्रचण्ड–माधव समूह) प्रति लक्षित गर्दै गृहमन्त्री बादलले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले स्वार्थी र अवसरवादीका कारण अहिलेको अवस्था आएको उनले आरोप लगाए ।




