काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले नारायणहिटी पटांगिनीमा आयोजना गरेको बृहत् जनसभा सुरु भएको छ । दरबारमार्ग भरिभराउ देखिएको छ ।
बागमती प्रदेशले आयोजना गरेको भनिए पनि देशभरबाट मान्छे ओसारिएको छ । नेकपाको जुलुसमा विभिन्न झाँकी र भेषभुषासहित बाजागाजा बजाउँदै मानिस उपस्थित भएका छन् ।
प्रधानमन्त्री केपी ओली साढे १ बजे मात्र जनसभामा आइपुगेका छन् ।
जनसभामा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले सम्बोधन गर्ने भएका छन् । तर, महासचिव विष्णु पौडेललाई भने बोल्नबाट रोक लगाइएको छ ।
पार्टीमा अध्यक्षपछि महासचिव पद शक्तिशाली हुन्छन् । तर, पौडेललाई सम्बोधन गर्न नदिनुको कारणबारे केही खुलाइएको छैन । जबकि पौडेल सरकारका अर्थमन्त्री पनि हुन् । उनी बालुवाटार जग्गा काण्डमा मुछिएका छन् । महासचिव पौडेललाई बोल्न नदिएर प्रदेश २ का सांसद सत्यनारायण मण्डलले बोल्न पाएका छन् ।




