खेलकुद

कांग्रेस खेलकुद विभागले दियो सहारा एकेडेमीलाई खेल सामग्री

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामग्रीको साथमा मास्क सहयोग गरेको छ।

विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको टोलीले एकेडेमीको निरिक्षण गर्दै सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २५ थान बल र मास्क १ हजार ५ सय थान सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।

संघका विभाग प्रमुख बस्नेतले बालकहरुको फुटबल एकेडेमी सहित भरणपोषणमा थप आवश्यक सहयोग गर्ने जानकारी दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले क्लवको एकेडेमी अभियानमा एन्फा र सरकारी निकायबाट समेत थप सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिएका हुन् ।

क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले स्वागत गरेको कार्यक्रममा पूर्व अध्यक्ष विक्रम थकालीले क्लवको बारेमा जानकारी गराएका थिए।

टोलीमा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, उपाध्यक्ष वीरबहादुर खड्का, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचन, नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन लगायतका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *