काठमाडौं। नेपाल सरकार गृह सचिवस्तरको बुधबारको बैठकले बढुवा गरेका प्रहरी अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापाले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच ३१ प्रहरी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) मा १५ जना, प्राविधिक डीएसपीबाट प्राविधिक एसपीमा १ जना र प्राविधिक इन्सपेक्टरबाट प्राविधिक डीएसपीमा १५ जना गरी ३१ जना बढुवा भएका थिए।
उनीहरुसँगै एसपीमा बढुवा भएका एक जना भने हाल सुडान डार्फरस्थित एफपीयू मिसनमा कार्यरत छन्।
समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै प्राप्त नयाँ जिम्मेवारीलाई सजगता र सतर्कता अपनाउँदै कार्य सम्पादन गर्न निर्देशन दिए।




