शिक्षा / स्वास्थ्य

थप १ सय ७१ मा कोरोना पुष्टि, २ जनाको निधन

काठमाडौं । बिहीबार नेपालमा १ सय ७१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ सय २७ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३३ पुगेको छ।

हाल देशभर २ हजार २ सय ७७ सय जना सक्रिय संक्रमित रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *