काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संवैधानिक अंगका पदाधिकारी नियुक्ति गरी संसदीय सुनुवाइ नै नगरी गुपचुपमा सपथ खुवाएकोमा आपत्ति जनाएका छन् । उनले यस्तो नांगै भएर कानुन मिच्ने काम यसअघि कहिल्यै भएथ्यो भनेर प्रश्न गरेका छन् ।
ढुंगानाले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेश विवादित भएको र विना संसदीय सुनुवाइ संवैधानिक परिषदबाट नियुक्ति पाउनेलाई भाग्यमानीको संज्ञा दिएका छन् ।
उनले भनेका छन्, ‘विवादित अध्यादेशका आधारमा, विना संसदीय सुनुवाइ, संवैधानिक परिषदबाट नियुक्ति पाउने भाग्यमानी राष्ट्रसेवकहरूलाई, गुपचुप जस्तो वातावरणमा सब मिलेर गराइएको नाटकीय शपथ हेर्दा, आफ्नै सामान्य ज्ञानको जाँच लिन मन लाग्यो– यत्तिसम्म नांगै भएर कानून मिच्ने काम यसअघि कहिले भएथ्यो ?’




