काठमाडौं । नेकपा नेपाल–प्रचण्ड समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन् ।
बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले उनको मृत्यु मोटरसाइकल दूर्घटनामा भएको हुनसक्ने आशंका गरेका छन् ।
मोटरसाइकल लडेको र हेल्मेट टाउकोमा भएका कारण तीब्र गतिमा मोटरसाइकल दूर्घटना भएको आशंका गरिएको उनले बताए । ‘वाग्ले सवार ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा शव फेला परेको हो,’ डिएसपी भाटले भने । उनी बुधबार साँझ मसाल जुलुशमा सहभागी भएर फर्केका थिए ।




