समाचार

आयोगको अध्यक्ष अस्वीकार

बझाङ । तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गरेका छन् । खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताए ।

खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हुँदै जिल्ला विकास समिति सभापति भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *