राजनीति

प्रचण्ड–नेपाल समूहद्वारा बिहीबार आमहडताल घोषणा

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) ले बिहीबार आमहडतालको घोषण गर्ने भएको छ । त्यसका लागि सो समूहले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा (ओली समूह) ले शुक्रबार काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने घोषणा गरेको छ । त्यसलाई मध्यनजर गर्दै बिहीबार नै (प्रचण्ड–नेपाल समूह) ले बिहीबार आमहडतालको घोषणा गरेको छ ।

आमहडताल घोषणापछि सम्पूर्ण सरकारी, निजी कार्यालयका साथै शैक्षिक संघसंस्था, कलकारखाना बन्द हुने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *