समाचार

नेकपासँगको विवादमा बझाङमा कांग्रेस कार्यकर्ताको खुँडा प्रहार गरी हत्या

काठमाडौं । बझाङमा एक कांग्रेस कार्यकर्ताको हत्या भएको छ । मंगलबार राति तरुण दलका कार्यकर्ता अमृत सिंहको खुँडा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा नेकपा कार्यकर्तासँगको विवादपछि उनको हत्या भएको बताइएको छ । सिंह बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ का निवासी हुन् ।

बान्नीचौर माध्यामिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस र नेकपा निकट दुई प्यानल चुनावी मैदानमा थिए । कांग्रेस निकट लोकेन्द्र बोहरा निर्वाचित भए भने नेकपा निकट गजेन्द्र धामी पराजित भएका थिए । यही विषयलाई लिएर विवाद भएको प्रहरीको भनाइ छ ।

सिंहमाथि खुँडा प्रहार गर्नेमध्येका एक सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अर्का प्रकाश एैडी भने फरार छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *