समाचार

ओली नेकपाले निर्वाचन घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा माग्यो सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा सुझाव मागेका छन् ।

ओलीले माघ ८ गते आगामी निर्वाचनका लागि घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा पार्टी कमिटी, जनसंगठन र समाजका सम्पूर्ण तप्कासँग सुझाव आह्वान गरेका हुन् ।

निर्वाचन आयोगले वैशाख १७ र २७ गतेका लागि मतदाता नामावलीको अन्तिम प्रकाशन र राजनीतिक दलहरुसँग सुझाव मागेकाले त्यसैलाई आधार बनाएर ओली नेकपाले निर्वाचनको घोषणापत्रमा समावेश गर्न सुझाव आह्वान गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *