समाचार

प्रचण्ड-माधव समूहद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडौँ।संसद विघटनको विरोधमा नेकपा प्रचण्ड(माधव समूहले काठमाडौँमा आज (बिहीबार) साँझ मसाल जुलुस निकालेको छ ।

प्रचण्ड-माधव समूह निकट युवाहरुले बानेश्वर क्षेत्रमा साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले विजुली बजार पुल नजिकबाट मसाल जुलुल निकालेका थिए । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने प्रयास गरेका थिए ।

काठमाडौँमा शुक्रबार आयोजना गर्ने विरोध सभाको पूर्वसन्ध्यामा उनीहरुले काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *