समाचार

सरकारको असंवैधानिक कदमविरुद्ध सुनकोसी ५ मा विरोध प्रदर्शन

सिन्धुपाल्चोक । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय निर्देशन अनुसार सुनकोसी ५ सिन्धुपाल्चकोमा नेपाली कांग्रेसले वडा स्तरीय विरोधसभा भब्य रुपमा सम्पन्न गरेको हो ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं समाजसेवी प्रेम लामाको प्रमुख आतिथ्यतामा कांग्रेसले विरोधसभा सम्पन्न गरेको हो । लामाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको बताए । ओलीको असंवैधानिक कदमले लोकतन्त्र समेत खतरामा परेको उनले बताए ।

यसै गरी विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवं कार्यक्रमका विशिष्ठ अतिथि लोकबहादुर भण्डारी(केशव)ले लोकतन्त्रको भविश्य सुनिश्चित नभएसम्म कांग्रेसको आन्दोलन जारी रहने बताए ।

मकर बहादुर खत्रीको अध्यक्षतामा भएको विरोध प्रदर्शन र सभामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *