बागमती प्रदेश

तानशाही कम्युनिष्ट सरकारविरुद्ध एकजुट भएर अघि बढ्न नेता लामाको आग्रह

काठमाडौं ।नेपाली कांग्रेसका महासमिति सदस्य प्रेमध्वज लामाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र मुलुकमा लोकतन्त्र सुरक्षित रहने बताएका छन । नेपाली कांग्रेस सुनकोसी ३ ले आयोजना गरेको सरकारविरुद्धको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले २००७ सालदेखि २०६२-०६३ सालसम्मका सम्पूर्ण परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको बताए ।

अहिले कम्युनिष्ट नेतृत्वको सरकारले लोकतन्त्र र संविधानमाथि प्रहार गरेर अधिनायकवाद लाद्ने प्रयत्न गरेकाले सरकारको तानाशाही कदमको विरुद्धमा एकजुट भएर अघि बढ्न नेता लामाले आग्रह गरे ।

विरोध कार्यक्रममा सुनकोसी गाउँपलिकाका अध्यक्ष श्रवण कुमार जिसी(विनोद) ले सरकाको असंवैधानिक कदमको चर्को विरोध गरेका थिए । उनले वडाको विकासका लागि जस्तोसुकै योगदान गर्न पनि पछि नपर्ने बताएका छन ।

वडा इकाई सभापति सूर्य बहादुर कार्कीको अध्यक्षतामा भएको विरोध कार्यक्रमलाई विशिष्ठ अतिथि गाउँपालिका अध्यक्ष जिसी, वडा इकाई उपसभापति दिपक भुजेल, कृष्ण पौडेललगायतले सम्बोधन गरेका थिए ।

प्रमुख अतिथि लामाले ६० जनाभन्दा बढी नेकपाका नेता तथा कार्यकतालाई कांग्रेस प्रवेश गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *