समाचार

प्रधानमन्त्री ओलीले भने, फेरि सांसद किनबेचको शृंखला सुरु गर्न खोजियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फेरि पनि सांसद किनबेचको शृंखला सुरु गर्न खोजिएको दाबी गरेका छन् । नेकपा (ओली) निकट प्रेस संगठनको बिहीबारको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले राम्रो काम गर्न नदिएको बताए ।

‘मैले एउटा सिस्टम बनाउन खोजेको थिएँ, तर एउटा पनि राम्रो काम गर्न दिइएन, फेरि पनि सांसद किनबेचको शृंखला सुरु गर्न खोजियो,’ ओलीले भने ।

आफ्नो अधिकांश सम्बोधनका क्रममा ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्नमै खर्चिए । उनले प्रचण्डको ध्यान सधैं छोरीबुहारी, ज्वाइँ, आफन्त सबैलाई राज्यका नियुक्ति, घरघडेरी किन्न खर्च गरेको भन्दै हिजो आफूलाई सहयोग गर्ने योद्धाका छोराछोरी बिर्सिएको उल्लेख गरे ।

ओलीले आफ्नो छोराछोरी नभएको कुनै विस्मात नभएको भन्दै देशका सबैलाई छोराछोरी सम्झेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *