काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (ओली नेकपा) नेता बाँस्कोटाले अब संविधान संशोधन नगरी नहुने बताएका हुन् । तर, उनले के केमा संशोधन गर्नुपर्ने भन्ने खुलाएका छैनन् ।
सरकार बन्ने विकल्प भएसम्म प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेकोमा विवाद भइरहेका बेला बाँस्कोटाले संविधान संशोधनको विषय बसहमा ल्याएका हुन् ।
यसअघि उनले संघीयता खारेज गर्नुपर्ने विचार सार्वजनिक गरेका थिए । बास्कोटा प्रधानमन्त्री केपी ओली निकट नेता हुन् । बास्कोटाको धारणा ओलीकै बुझ्ने धेरै छन् । त्यसैले संसद् नभएका बेला संविधान संशोधनको झटारो उनले कसका लागि फालेका हुन् भन्ने चासो सर्वत्र देखिएको छ ।
सोमबार राति ट्वीट गर्दै बास्कोटाले भनेका छन्, ‘संबिधान त शंसोधन गर्नै पर्छ पर्छ पर्छ, तर के केमा ? मेरा केही मत छन्, जसमा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु। हेरौँ के हुन्छ ?’




