समाचार

सशस्त्रका १६ डीएसपीकाे बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवामा सिफारिस हुने डीएसपीहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसा आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *