समाचार

बाबुराम संविधानको हत्या गरेर अस्थिरता खडा गर्न उद्यत रहेको कलम थापाको आरोप

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले फेरि एकपटक डा.बाबुराम भट्टराईमाथि धावा बोलेका छन् । बाबुरामले सोमबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर, रामनाम जपेर बस्दैनौं’ भनी अभिव्यक्ति दिएका थिए ।

नेता थापाले बाबुरामले यसरी खुलेआम अदालतलाई तर्साउने ढंगले अभिव्यक्ति दिएको र संविधानको हत्या गरी अस्थिरता मच्चाउन उद्यत रहेको आरोप लगाएका हुन् ।

थापाले सामाजिक सञ्जालमार्फत बाबुरामलाई लक्षित गरी उनको अभिव्यक्तिको कटु आलोचना गरेका हुन् । ‘संविधानमा रहेका अस्पष्टता–विवाद निरूपण गर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा ‘प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौं’ भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडा गर्नेतर्फ उद्यत रहेको देखिन्छ,’ थापाले लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *