काठमाडौं । नेकपा विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला कञ्चनलाई प्रहरीले एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।
जिल्ला अदालत ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार बाँस्तोलासँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध पनि एक साताकै म्याद थप भएको छ ।
प्रहरीले बास्तोलालाई २ वटा विस्फोट र एउटा चन्दा असुलीको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाएको छ ।




