समाचार

सिन्धुपाल्चोकमा एकैदिन विभिन्न पार्टीका ३० जना कांग्रेस प्रवेश

बाह्रबिसे । नेपाली कांग्रेसमा दिनप्रतिदिन विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेको लहर सुरु भएको छ । यसैक्रममा प्रधानमन्त्री केपी ओलीले बहुमतको संसद् भंग गरेको विरोधमा कांग्रेसले शनिबार गरेको विरोध कार्यक्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा ३० जना कांग्रेस प्रवेश गरेका छन् ।


सुनकोसी गाउँपालिकाको पांग्रेटार–७मा आयोजित कार्यक्रममा सुनकोसी गाउँपालिका प्रमुख श्रवणकुमार जिसी (विनोद) ले सुनकोसी गाउँपालिका वडा नम्बर ३ का तत्कालीन एमालेबाट निर्वाचित वडा सदस्य विष्णु माझीलगायत ३० जनालाई कांग्रेस प्रवेश गराएका छन् ।


सुनकोसी गाउँपालिका वडा नम्बर ३ का इकाइ सभापति सूर्यबहादुर कार्कीको पहलमा विभिन्न कार्यक्रममा गरी हालसम्म दुई सयजना नेकपा, राप्रपालगायतका पार्टीबाट कांग्रेस प्रवेश गरिसकेका छन् ।

Image may contain: 8 people, people standing

राप्रपाका इकाइ सभापति अम्बरबहादुर खड्का, नेकपाका इकाइ सहसचिव दीपक भुजेल, शिक्षक संगठनका अध्यक्ष कृष्ण गिरीलगायतका व्यक्ति कांग्रेस प्रवेश गरेका छन् ।
शनिबारको कार्यक्रममा कांग्रेसका क्षेत्रीय सदस्य जग्गनाथ कार्की, भ्रातृसंगठनका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *