काठमाडौँ । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज आगामी निर्वाचन, मतदाता नामावली, मतदान केन्द्रलगायतका विषयमा सर्वदलीय छलफलका लागि दलका प्रतिनिधिलाई बोलाइएको हो ।
यसअघि आयोगले छलफलका लागि सबै राजनीतिक दललाई दुई-दुई जना प्रतिनिधि पठाइदिन पत्र पठाएको थियो ।




