काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद् विघटन नयाँ युगतर्फको यात्राका लागि भएको जिकिर गरेका छन् । उनले संसद् मासेको र हत्या नभएको दाबी पनि गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले हठात प्रतनिधिसभा विघटन गरेपछि देश आन्दोलनमय भएको छ । तर, पोखरेलले भने छँदाखाँदाको संसद् विघटन गरेर ओलीले धेरै राम्रो काम गरेको जनाएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत पोखरेलले प्रधानमन्त्री ओलीको कदमको बचाउ गरेका हुन् । उनले लेखेका छन्, ‘प्रचण्ड कमरेडहरुले भनेझै संसद मासेको संसदको हत्या गरेको नभै नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको हो, नयाँ युगतर्फको यात्राका लागि।’




