समाचार

ओली सरकारको रवैयाँविरुद्ध कांग्रेसले आन्दोलको आधिवेहरी सिर्जना गर्छ : नेता रावल

बाजुरा । नेपाली काँग्रेसका नेता रामसिंह रावलले प्रतिनिधिसभा बिगठनको कदम नेपाल र नेपाली जनताको हित बिपरित भएको यसले सिङ्गो लोकतन्त्र खतरामा पारेको आरोप लगायका छन ।

लोकतन्त्र नेपाली काङ्ग्रेसको सम्पत्ति हो नेता रावलले भने लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान ल्याउन नेपाली काङ्ग्रेसको ठूलो त्याग, बलिदान र आन्दोलनले मात्र सम्भव हो । हामिले रगत बगाएर ल्यायको लोकतन्त्र ओलीको बलमिच्याई बाट धुजा धुजा पारेकाले काङ्ग्रेस सहेर नबस्ने स्पष्ट पारे ।

नेपाली काँग्रेस त्रिबेणी नगर कार्यसमितिले शनिबार आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै देशकै अभिभावकका रुपमा रहेकी राष्ट्रपति भण्डारीले ओलीको इशारामा गुटको मतियार भएको आरोप लगाए ।

केपी ओली सत्तामा पुगेपछी देश हत्या हिंसा,बलात्कार ,भ्रष्टाचार, लुटतन्त्र, अराजकता,कमिसनको दलदलमा फसेको स्पष्ट पारे । हिजो हामिले निर्माण गरेको लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति काँग्रेस जस्तासुकै संघर्ष गर्न तयार रहेको रावलको भनाई थियो ।

नगर कार्य समिति सभापति जय बहादुर साउदको अध्यक्षतामा भएको विरोध कार्यक्रमको संचालन नगरसचिव सुरेन्द्रराज गिरिले गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *