समाचार

संविधान र लोकतन्त्रको रक्षार्थ कांग्रेस आन्दोलित भएकाे हो : नेता अधिकारी

संखुवासभा । संखुवासभाको १० वटै पालिकामा नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन र विरोधसभा गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्रअनुसार कांग्रेसले १० वटै पालिकामा सरकारविरुद्ध विरोध प्रदर्शन र सभा गरेको हो ।

संखुवासभाको उत्तरी क्षेत्रमा अवस्थित मकालु गाउँपालिकमा सरकारविरुद्धको प्रदर्शन व्यापक उपस्थितिका माझ सम्पन्न भएको छ । नुम बजारमा भएको विरोधसभाको प्रमुख वक्ता श्रमिक तथा ट्रेड युनियन विभागका केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारीले स्थिरता, सुशासन र विकासको नारा दिएर चुनव सत्तामा पुगेका कम्युनिष्टले जनतालाई देश र धोका दिएको बताएका छन । वर्तमान सरकारले संविधान र लोकतन्त्रमाथि नै धावा बोलका कारण कांग्रेस देशव्यापी आन्दोलनमा होमिएको नेता अधिकारीले बताए ।

गाउँ कर्य समितिका सभापति हरि राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता शेर बहादुर बन, युवा नेता बिमन पराजुली लगायतका नेताहरुले वर्तमान कम्युनिष्ट सरकारको रवैयाँको बारेमा विरोध जनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *