समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले नयाँदिल्लीस्थित अकबर रोडमा रहेको निवासमा शनिबार बिहान रक्षामन्त्री सिंहलाई भेटेका हुन् ।


भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित रहेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले बताएका छन् । सिंहले भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नरहेको भन्दै यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको बताएका छन् । सिंहले भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिने ट्वीटरमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *