राजनीति

साँगाचोकगढी नगरपालिकामा हुने विरोध कार्यक्रममा सहभागीका लागि आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार देशभरिकै स्थानीय तहमा विरोध कार्यक्रम आयोजना गरेको छ । विरोध कार्यक्रममा सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिकाको वडा नं. १० जल्केनी हर्रेमा पनि आयोजना हुने भएको छ ।

उक्त स्थानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथि र पूर्वगृह राज्यमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य विष्णुविक्रम थापाको विशेष अतिथिमा विरोध कार्यक्रम आयोजना हुँदैछ ।

साँगाचोकगढी नगरपालिकाभित्रका १४वटै वडाका कांग्रेसमा आस्थावान नेता कार्यकर्ता तथा लोकतन्त्रमा विश्वास राख्ने सबैलाई सहभागी हुनका लागि रहर तामाङले अनुरोध गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *