समाचार

नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक सुरु

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरको सहअध्यक्षतामा नयाँदिल्लीस्थित हैदरावाद हाउसमा बैठक सुरु भएको हो । आयोगकाे बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने बताइएको छ ।

बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालय/विभागका उच्च अधिकारी पनि सहभागी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *