समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ जारी

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सुनुवाइ आज पनि जारी छ । बिहान १० बजेदेखि सुरु भएको सुनुवाइमा वरिष्ठ अधिवक्ता विष्णुराज भट्टराईले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णय बृहत् पूर्ण इजलासमा लैजाने कि संवैधानिक इलसालमै गर्ने भन्ने निक्र्योल भइसकेको छैन । इजलासका केही न्यायाधीशहरू र अधिकांश वरिष्ठ अधिवक्ता बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने पक्षमा छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी नेतृत्वको इजलास बनाएका थिए । कार्की हटेपछि अहिले सपना प्रधान मल्ल आएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *