हैटौंडा । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, शिक्षा, भवन र अनुदान व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा आज बिहान हेटौंडामा सन्देशमूलक र्याली निकालिएको छ ।
स्थानीय भूटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु गरिएको सो ¥याली सिमाचोक, बुद्धचोक हुँदै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सभामा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भौतिक संरचना निर्माण गर्दा सरकारले निर्धारण गरेको मापदण्ड पूर्णरुपमा परिपालन गर्न सबैमा आग्रह गरे ।




