समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता भएको छ ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन पुगेका मन्त्री ज्ञवाली र भारतीय समकक्षीबिच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायतका व्यक्ति सहभागी छन् ।

भेटवार्तापछि हैदरावाद हाउसमै संयुक्त आयोगको बैठक सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *